राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एमाले अध्यक्ष ओली चुनावीसभालाई सम्बोधन गर्न दार्चुला आउँदै


    • राष्ट्रसेवक
    •    
    • November 4, 2022

  • दार्चुला, १८ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उहाँ केहीबेरमा सदरमुकाम खलङ्गा आउँदै हुनुहुन्छ ।

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै हुनुहुन्छ । बिहान ११ बजे उहाँले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै धनगढी पुग्नुभएको छ ।

    अध्यक्ष ओली खलङ्गामा हुने कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमा आउने कार्यक्रम छ । उहाँले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ । यसअघि अध्यक्ष ओलीले २०७० सालको संविधानसभा निर्वाचनका क्रममा दार्चुलाको गोकुलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको थियो ।

  • ताजा समाचार