राष्ट्रसेवक
  • १२ साउन २०८१
  • खरिदार परिक्षा विशेष: सार्वजनिक सेवा


    • राष्ट्रसेवक
    •    
    • November 7, 2022

  • केपी खतिवडा
    शाखा अधिकृत

    सार्वजनिक सेवा
    कुनैपनि मुलुकको सरकारले आफ्ना नागरिकहरुको बृहत्तर हित र विकासको लागी आफ्नो तर्फबाट र शासकिय साझेदारहरुसँगको सहकार्यमा प्रवाह गर्ने सबै प्रकारका सेवा सार्वजनिक सेवा । सार्वजनिक सेवा सरकारी संयन्त्रका माध्यमद्वारा सर्वसाधारणको हितमा केन्द्रित भई उपलब्ध गराइएका नि:शुल्क र सशुल्क दुवै प्रकृतिका वस्तु तथा सेवा र सुविधाहरू हुन जो नागरिक र सरकार विचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ । सरकारले प्रवाह गर्ने सेवाको आधारमानै जनताले सरकारको मुल्यांकन गर्दछन् ।

    सार्वजनिक सेवाको परम्परागत अवधारणा
    सन् १९८० को दशकपूर्वको सार्वजनिक सेवा सम्बन्धी मान्यतालाई सार्वजनिक सेवाको परम्परागत अवधारणाको रुपमा बुझिन्छ। यस अवधारणाको विषेशताहरु
    • सीमित विषय क्षेत्र,
    • शासक निर्देशित/नियन्त्रित
    • Demand base हैन Supply base सेवाहरु
    • नतिजाभन्दा प्रकियामूखी कार्यशैली
    • नागरिक सर्वोच्चता र जनसन्तुष्टिको वेवास्ता
    • सहभागिता र समावेशिताको अभाव
    • शान्ति सुरक्षा राजश्व संकलन जस्ता कुराहरु पर्दछन्।

    आधुनिक अवधारणा
    सन् १९८० को दशकपश्चातको सेवाको मान्यतालाई सेवाको आधुनिक अवधारणा भनिन्छ। जसले सेवा प्रवाहमा सहभागिता, सशक्तिकरण, सन्तुष्टि एवं यसको सुनिश्चितता, नतिजामुखी, वृहत विषय लगायतका चरित्रहरु समावेश हुन्छन्। यसका अलावा निम्नानुसारका मान्यता पाइन्छ।
    • ग्राहकमुखी अवधारणा
    • पारदर्शी र खुलापन
    • नागरिक सन्तुष्टी र संवेदशीलताको खोजी
    • समावेशीता
    • प्रभावकारिता र मितव्ययिता
    • प्रकियामुखीभन्दा नतिजामुखी कार्यशैली अवलम्वन गर्ने मान्यता
    • Demand based सार्वजनिक सेवाहरुको उपलब्धता

    सार्वजनिक सेवाको विषेशता
    • सार्वजनिक सेवा सरकारी संयन्त्र र साझेदारसंगको सहकार्यमा प्रवाह हुन्छ ।
    • यो लोकतान्त्रीक चरित्रको हुन्छ ।
    • यो निरन्त्रर प्रवाह हुन्छ, राज्य रहेसम्म प्रवाह हुन्छ।
    • ठुलो मात्रामा प्रवाह गरिन्छ ।
    • कसैप्रति कुनैपनि प्रकारको विभेद हुँदैन ।
    • सरकार र जनता विचको सम्बन्ध निर्धारक हो ।
    • कमजोर वर्गलाई विषेश सहुलियत प्रदान गरिन्छ ।

    सार्वजनिक सेवाको प्रकारहरु
    • नागरिकको आधारभुत आवश्यकता सम्बन्धी सेवा
    • नियमनकारी सेवा – नीति नियम र कानुनी सेवा
    • मानवीय क्षमता विकास सम्बन्धी सेवाहरु – आधारभुत शिक्षा, स्वास्थ्य, खानेपानी
    • पूर्वाधार निर्माण सम्बन्धी सेवा – कृषि, सिचाई र यातायात
    • कल्याणकारी सेवा – सामाजिक सुरक्षा, सामाजिक न्याय र समानता
    • मनोरञ्जनात्मक सेवा- पार्क,जात्रा पर्व व्यवस्थापन,सिनेमा नाटक लगायतका सेवा
    • प्रवद्र्धनात्मक सेवा – ‍व्यापार, उद्योग बजार

    सार्वजनिक सेवाको सर्वमान्य सिद्धान्त

    • निश्पक्षता र पारदर्शिताको सिद्दान्त
    • गुनासो सुनुवाईको सिद्दान्त
    • सामाजिक न्याय र समानताको सिद्दान्त
    • मितव्ययी सेवा प्रवाहको सिद्दान्त
    • कानुन परिपालनाको सिद्दान्त
    • जनसहभागिताको सिद्दान्त
    • सेवा चयनको सिद्दान्त
    • प्रजातान्त्रीक परिपाटिको सिद्दान्त ।

  • ताजा समाचार