राष्ट्रसेवक
  • १२ साउन २०८१
  • यसरी तात्दैछ जुम्लाको चुनावी माहोल


    • राष्ट्रसेवक
    •    
    • November 7, 2022

  • जुम्ला, २१ कात्तिक । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ चार जना, प्रदेशसभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित तीन जना चुनावी मैदानमा होमिएका छन् । प्रदेश (२) मा १ स्वतन्त्रसहित चार जना उम्मेदवार छन् ।

    विसं २०६४ मा नेकपा (माओवादी) केन्द्र, २०७० मा नेपाली कांग्रेस र २०७४ माओवादी र एमालेबीच गठबन्धन हँुदा माओवादीले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको थियो । विसं २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले पाँच पालिको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको छ । एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको छ । एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको छ ।

    राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन । एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । वडाध्यक्षको मतभार हेर्दा कांग्रेसको आठ हजार छ सय ५५, माओवादीको छ हजार चार सय ३९, एमालेको दुई हजार एक सय ५७ र एकीकृत समाजावादीको एक हजार पाँच सय ९६ मत छ । राप्रपाको पाँच सय ४० मत रहेको छ ।

  • ताजा समाचार