राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै


    • राष्ट्रसेवक
    •    
    • November 9, 2022

  • काठमाडौँ, २३ कात्तिक । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पू¥याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुशको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।

    गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । उक्त ठाउँमा आठ घर पूर्णरुपमा भत्किएर क्षति पुगेको बताइएको छ ।

  • ताजा समाचार