राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सामान्य ज्ञान प्रश्नोत्तर सेट


    • राष्ट्रसेवक
    •    
    • November 10, 2022

  • दिपक सेढाई, प्रशासकिय अधिकृत, सामाजिक सुरक्षा कोष

    पुनर्जागरण

    १. पुनर्जागरण कुन भाषाको शव्द हो ? फ्रेन्च

    २. पुनर्जागरणको अर्थ के हुन्छ ? Rebirth हुन्छ ।

    ३. पुनर्जागरण केसको विरुद्ध युरोपमा आएको जागरण हो ? धार्मिक अन्धविश्वास र
    रुडीवादी र परम्परा विरुद्ध युरोपमा आएको जागरण

    ४. पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ? इटालीवाट

    ५. पुनर्जागरण कहिले सम्म चलेको थियो ? १३ औ १६ औ शताव्दी सम्म

    ६. पुनर्जागरणका अग्रणी को हुन् ? इटालीका महाकवी दाँते

    ७. विश्वमा इतिहासमा पुनर्जागरण पछिको समयलाई के भनिन्छ ? आधुनिक काल

    ८. कुनै पनि धार्मिक सिद्धान्तलाई इश्वरले सृष्टि गरेका हुन भन्दैमा स्विकार गर्न सकिदैन, वृद्धि र तर्कका आधारमा मात्र सिद्धान्तलाई स्विकार र अस्विकार गर्न पर्दछ भनि तर्क गर्ने र प्रयोग गरेर मात्र विश्वास गर्ने जनधारणाको जग वसाल्ने व्यक्ति को हुन् ? पिटर अवेलार्ड

    ९. प्रयोगलाई सम्पुर्ण विज्ञानको स्वामी मान्ने र चरा जस्तै उड्ने, माछा जस्तै पौडिने तथा सडकमा गुड्ने यन्त्रको आविष्कार हुनेछ भनी भविष्यवाणी गर्ने व्यक्ति को हुन् ? वेलायतका रोजन वेकन

    १०. इटालीको साहित्यमा पुनर्जागरण ल्याउने प्रमुख व्यक्तिहरु को को हुन् ? दाँते, पेर्टाक र वोक्सासियो

    ११. Divine Comedy नामक महाकाव्य कसले लेखेका थिए ? दाँते

    १२. मानवतावादका संस्थापक कसलाई भनिन्छ ? पेटार्क

    १३. पेटार्कका चेला वोक्सासियोले लेखेको ग्रन्थको नाम के हो ? Decameron

    १४. पुनर्जागरणकालमा साहित्यमा सवैभन्दा बढी उन्नती कुन देशमा भएको थियो ? वेलायतमा

    १५ वाइवललाई अंग्रेजीमा भाषामा अनुवाद कुन कालमा गरिएको थियो ? पुनर्जागरण कालमा

    १६ The Cabterbury Tales कसले लेखे ? जेफरी चाउसर

    १७. पुनर्जागरण कालका सर्वश्रेष्ठ निवन्धकार को हुन् ? फ्रेन्सिस व्याकन

    १८. The Prince नामक ग्रन्थ कसले लेखेका थिए ? मेकियावेलीले

    १९. राजनीतिलाई धर्मबाट अलग राख्न प्रेरणा दिने ग्रन्थको नाम के हो ? The Prince

  • ताजा समाचार