राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भोटखोलामा मतदान सामग्री पठाउन थालियो

    • राष्ट्रसेवक
    •    
    • November 13, 2022

  • किमाथाङका, २७ कात्तिक। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालिएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिको चारदेखि पाँच दिनसम्म लाग्छ ।

    आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली खटाएको हो । पहिलो चरणमा भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकमा आज मतदान सामग्रीसहित मतदान अधिकृत पठाइएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिनुभयो ।

    जिल्लाको निकै दुर्गम र विटक क्षेत्र किमाथाङ्का, रिदाक र थुदामसहित तीन मतदान केन्द्रका लागि मतपत्र र मतपेटीका कर्मचारी र सुरक्षकर्मी खटाइको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको मतदान केन्द्रमा पुग्न चार दिन लाग्ने भएकाले आजदेखि मतदान सामग्री पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो । भोटखोला गाउँपालिकामा पाँच वटा वडामा १० मतदान केन्द्र कायम गरिएको छ । भोटखोला गाउँपालिका हिमाली र अति विकट क्षेत्र भएका कारण पैदल हिँड्नुपर्छ ।

    भोटखोला गाउँपालिकासम्म पुग्न गाडी र पैदल हिँड्नुपर्ने भएकाले आवश्यक कपडासहित औषधि, खानपिनलगायत सामग्री बोक्नु निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिइएको थियो । भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट भए सम्पर्क गर्न मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत गौतमले निर्देशन दिनुभयो । जिल्लामा दुई अस्थायीसहित एक सय ६४ मतदान केन्द्र रहेका छन् । सङ्खुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ उम्मेदवार चुनावी मैदान छन् । जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता रहेका छन् ।

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालिएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिको चारदेखि पाँच दिनसम्म लाग्छ ।

  • ताजा समाचार