राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सर्वोच्चको आदेश– तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्नू


    • राष्ट्रसेवक
    •    
    • November 14, 2022

  • ललितपुर, २८ कात्तिक । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ।  कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले अस्वीकार गरेको हो।

    सर्वोच्च अदालतले तोसिमाको उम्मेदवारी कायम राख्न सोमबार आदेश दिएको छ। नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो।

    त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको उम्मेदवारी कायम गर्न सर्वोच्चले निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो। सो अन्तरिम आदेश खारेज गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गरेको थियो। तर अन्तरिम आदेशलाई नै निरन्तरता दिँदै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गरिदिएको हो।

  • ताजा समाचार