राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अष्ट्रियाबासीमा देशभक्तिपूर्ण गीत ‘नेपाली हामी गोर्खाली’ को म्युजिक भिडिओ सार्वजनिक


    • राष्ट्रसेवक
    •    
    • November 14, 2022

  • काठमाडौं । अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्ति गीतको म्यूजिक भिडियो ‘नेपाली-हामी गोर्खाली’ गत शनिबार अष्ट्रियाको भियनामा रिलिज भएको छ । अष्ट्रियावासी नेपालीहरूका कार्यक्रम सभापती विकास कार्की, अभिभावक तथा जेष्ठ नागरिक हरी राणा र कार्यक्रम संयोजक शेखर लामाले एल्वम कभर ओपन तथा राणाले भिडिओ क्लिक गरी सार्वजनिक गरिएको हो ।

    गीतकार शुभद्रा भण्डारीद्वारा रचित शव्दहरूले पराय मुलुकमा पलपल तड्पिएर जिउनेहरूको कथा–व्यथा अनि आफ्नो मातृभूमिको सम्झनामा तड्पिँदै गरेको पीडालाई गीतको माध्यामबाट अभिव्यक्त गरेको छ ।

    लामो समयदेखि अष्ट्रियामा रहेर पनि नेपाली गीतसंगीतको यात्रामा अनवरत लागिरहेका, गायक तथा संगीतकार शेखर लामा, गायिका सुजाता सेन्चुरी, मनी थेवे र निपोन लामाको स्वर रहेको गीतमा शेखर लामा आफैले संगीत गरेका छन् ।

    भिडियोको छायांङ्कन तथा सम्पादन महेन्द्र लिम्बुले गरेका छन् भने बहुचर्चित एरेन्जर राहुन प्रधानले संगीत संयोजन गरेका छन् । अष्ट्रियावासी मनी थेवे, विकाश कार्की र शेखर लामा, भिडियो निर्देशकमा रहेका छन् भने अष्ट्रियाकै चिरपरिचित कलाकारहरू श्वेता बज्राचार्य,जपन राई र भुपेन्द्र गुरूङले कोरियोग्राफी गरेका छन् । अष्ट्रियावासी नेपाली समुदायका अभिभावक तथा जेष्ठ नागरिक, लेखक तथा आनाका अध्यक्ष हरी राणाले मन्तव्यको क्रममा वधाई दिदै केही वर्ष पहिला अष्ट्रियामा जन्मिएका वालवालिकाहरूको फोटो तथा नेपालका राजा त्रिभुवनको पालाको पुरानो नेपाली सिक्का लगायतका पुराना चिनोहरू सार्वजनिक गरेका थिए ।

    एनआरएनए अष्ट्रियाका अध्यक्ष भवानी तिवारीले गीतमा रहेका शब्दहरू सबैको मन मुटुमा बस्न सक्ने मार्मिक खालको रहेको, गायकहरू तथा गायिकाको सुमधुर स्वर तथा संगीत उत्तिकै मिलेको अनि भिडियो छांयाङ्कन तथा सफल इडिटिङ तथा निर्देशनको कारण भिडियो उत्कृष्ट बनेको प्रतिकृया दिँदै सम्पूर्ण टिमलाई वधाई तथा शुभकामना दिए ।

    त्यसैगरी, निलम सेन्चुरीले सम्पूर्ण टिमलाई बधाई दिँदै अष्ट्रियाबासी नेपालीहरूले कहिल्यै नमर्ने एउटा कृती जन्माउन सफल भएको बताइन् ।

    गायककारहरू शेखर लामा र मनी थेवेले नेपाली राष्ट्रभक्ति गीतद्वारा उपस्थितहरूलाई स्वागत गरेका थिए भने भिडिओ रिलिजपश्चात गायिका सुजाता सेन्चुरी र बाल–कलाकार नेहारिका खड्काको सांस्कृतिक प्रस्तुतिहरू रहेको थियो ।

    उक्त भिडिओमा अष्ट्रियामा रहेका स्थानिय कलाकारहरू लक्ष्मी गिरी, ध्रुव पौडेल, प्रभु श्रेष्ट, कृष्ण कुमार श्रेष्ट, दिपक मल्ल , मोहन चौधरी,.विरेन्द्र व. पुन, रोशन घिसिङ, मुक्त लामा, लक्ष्मण भुजेल, सिदु सेन्चुरी (क्ष्मग) भवानी तिवारी, कोपिला शाही ,कमला अधिकारी, राजन श्रेष्ट, आनन्द थापा, रिमा विष्ट, दुर्गा ढकाल, मलिसा गुरूङ, सचेता राई, रूकमिनी पौडेल, शोभा शर्मा, निर्मला दुम्जेन, लरिसा तामाङ प्रिया पौडेल, दिव्या ढकाल, जुनी मगर, साद्गी सेन्चुरी, शुसिला वोहोरा, सरू सुवेदी गिता लामा, निरू कार्की तथा अष्ट्रियाबासी नेपाली बाल–कलाकारहरूलगायत करिव ५० देखि ५५ जनाको सहभागीता रहेको छ ।

    गीतकार शुभद्रा भण्डारीले कार्यक्रम संचालनको क्रममा, यो भिडियोमा प्रवासमा रहेका नेपालीहरूका भावना पोखिएको र विशेष गरी अष्ट्रियावासी नेपालीहरूको चिनोको रूपमा स्विकार गरीदिनुहुन आग्रह गर्दै, नेपाल मात्र नभई अष्ट्रियालाई समेत परिचित गराउने विश्वास रहेको बताइन् ।

     

  • ताजा समाचार