राष्ट्रसेवक
  • १२ साउन २०८१
  • खरिदार प्रश्नोत्तर आन्तरिक नियन्त्रण प्रणाली


    • राष्ट्रसेवक
    •    
    • November 16, 2022

  • आन्तरिक नियन्त्रण प्रणाली
    कुशल न्यौपाने
    शाखा अधिकृत

    प्रश्न नं. १) आन्तरिक नियन्त्रण प्रणाली भनेको के हो ? यस सम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् । २+३=५
    प्रश्न नं. १ को उत्तर

    त्रुटिरहित चुस्त, दुरुस्त व्यवस्थापनका लागि: आन्तरिक नियन्त्रण प्रणाली आन्तरिक नियन्त्रण प्रणाली

    •  सार्वजनिक निकायले तोकिए बमोजिम कार्य सम्पादन गरे वा नगरेको भनि जाँच गर्न निर्माण गरिएको प्रणालीलाई आन्तरिक नियन्त्रण प्रणाली भनिन्छ ।
    •  यसमा निन्त्रणको वातावरण, जोखिम मूल्याङ्कन, नियन्त्रणका क्रियाकलाप, सूचना तथा सञ्चार र अनुगमन जस्ता तत्वहरूको प्रबन्ध गरिएको हुन्छ ।
    •  सार्वजनिक निकायको कार्य सञ्चालनलाई क्रमबद्ध, नैतिक, मितव्ययी, कार्यकुशल र प्रभावकारी बनाउने यसको उद्देश्य हो ।
    •  नेपालमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा आन्तरिक नियन्त्रण सम्बन्धी व्यवस्था गरिएको छ।

    आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी व्यवस्था

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३१ मा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी देहायको व्यवस्था रहेको छ :–

    •  संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले आफ्नो र अन्र्तगतका कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नु पर्ने,
    •  लेखा उत्तरदायि अधिकृतले आफै वा आफ्नो मातहतको वरिष्ठ अधिकृतमार्फत कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी कार्यान्वयन भए वा नभएको सम्बन्धमा नियमित रुपमा निरीक्षण तथा सुपरीवेक्षण गर्नु, गराउनु पर्ने,
    •  आर्थिक नियन्त्रण प्रणालीको ढाँचा र कार्यविधि तोकिए बमोजिम हुने

    निष्कर्ष :– आन्तरिक नियन्त्रण प्रणालीमा कार्यालयको आर्थिक र गैरआर्थिक दुवै विषयको परीक्षण गरिन्छ ।

    प्रश्न नं. २) मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि कर लाग्ने र नलाग्ने वस्तु सम्बन्धी जानकारी गराउनुहोस् । ५
    प्रश्न नं. २ को उत्तर

    वस्तु वा सेवाको बिक्रीमा लाग्ने सुधारिएको s/MVAT कर लाग्ने वस्तु वस्तु वा सेवाको उत्पादनदेखि उपभोगसम्मको हरेक तहमा हुने मूल्य वृद्धिमा लाग्ने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि कर लाग्ने वस्तुहरू देहाय बमोजिम रहेका छन् :–

    • नेपाल भित्र आपूर्ति भएका वस्तु
    •  नेपाल भित्र आयात गरिएका वस्तु
    •  नेपाल बाहिर निर्यात गरिएका वस्तु
    •  कारोबारको कर लाग्ने मूल्यमा कर लाग्ने

    कर नलाग्ने वस्तुहरू

    मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुहरू देहाय बमोजिम रहेका छन् : आधारभूत कृषि उत्पादनहरू

    • आधारभूत आवश्यकताका वस्तुहरू
    •  जीवजन्तु तथा सो को उपज
    •  कृषि सामग्रीहरू
    •  औषधी, उपचार र यस्तै स्वास्थ्य सेवाहरू शिक्षा
    •  किताब, अखबार, मुद्रित सामग्रीहरू तथा मुद्रण र प्रकाशन
    •  यात्रुबाहक यातायात तथा दुवानी सेवाहरू
    •  व्यवसायिक वा पेशागत सेवा
    •  अन्य वस्तु वा सेवा
    •  भवन र जग्गा
    •  बाजी, क्यासिनो र चिठ्ठा

    निष्कर्ष:– सामाजिक न्यायको प्रवर्द्धन र कर प्रशासनको सहजताका लागि कर नलाग्ने वस्तुहरू तोकिएको पाइन्छ ।

    प्रश्न नंं. ३) सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) भनेको के हो ? लेख्नुहोस् ।
    प्रश्न नं. ३ को उत्तर
    सार्वजनिक सम्पत्तिको विद्युतीय व्यवस्थापन प्रणाली:  PAMS

    सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS)

    • सार्वजनिक सम्पत्तीको अभिलेख राख्न र प्रतिवेदन गर्नको लागि विकास गरिएको सफ्टवेयरमा आधारित प्रणालीलाई सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) भनिन्छ ।
    •  यसमा सूचना तथा सञ्चार प्रविधिमा आधारित भएर सार्वजनिक सम्पत्तीको लेखांकन, मूल्यांकन तथा प्रतिवेदन गरिन्छ ।
    •  यसले सार्वजनिक निकायमा रहेका सरकारी सम्पत्तीको एकीकृत सूचना प्रवाह गरी केन्द्रीय लगत व्यवस्थापन गर्न सहयोग गर्दछ ।
    •  यसमा जिन्सी व्यवस्थापन सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयले निर्धारण गरेका फारामहरूलाई सफ्टवेयरको रुपमा राखिएको हुन्छ र सम्बन्धीत कार्यालयहरूले विद्युतीय माध्यमबाट नै ती फारामहरूको प्रयोग गर्दछन् ।
    •  सबै सरकारी कार्यालयले सार्वजनिक सम्पत्ति सम्बन्धी सबै विवरण यसै प्रणालीमा आबद्ध गर्दछन् ।
    •  यसको माध्यमबाट सार्वजनिक सम्पत्ती सम्बन्धी अद्यावधिक विवरण प्राप्त भई जिन्सी व्यवस्थापन सम्बन्धी नीति, योजना तथा निर्णय निर्माणमा सहयोग पुग्दछ
    •  यसको प्रभावकारी सञ्चालनको लागि महालेखा नियन्त्रक कार्यालय, मन्त्रालय वा केन्द्रिय निकाय, प्रदेश लेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र सम्बन्धीत कार्यालयको महत्वपूर्ण भूमिका रहन्छ ।
    •  PAMS बाट कुन मालसामान कहिले, कति परिमाणमा, कति मूल्यमा, को कससँग किनिएको हो, किनिएको सामानको स्पेसीफिकेसन कस्तो छ, कार्यालयमा मौज्दात रहेको मालसामानको अवस्था कस्तो छ भन्ने कुराको विस्तृत विवरण प्राप्त गर्न सकिन्छ ।
    •  मन्त्रीपरिषद्को मिति २०७७ कार्तिक २० को निर्णयानुसार आ.व. २०७७।०७८ देखि यो प्रणाली अनिवार्य रुपमा लागू भएको हो ।

    निष्कर्ष:–  PAMs ले सार्वजनिक सम्पत्तिको अभिलेख राख्ने र सो प्रतिवेदन गर्ने कार्यलाई सहज बनाउदछ ।

    प्रश्न नं. ४) सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली (PAS) को उद्देश्य लेख्नुहोस् ।

    प्रश्न नं. ४ को उत्तर
    सार्वजनिक सम्पत्तिको विद्युतीय व्यवस्थापन प्रणाली PAMS
    सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली  (PAMS) को उद्देश्य
    सार्वजनिक सम्पत्तीको अभिलेख राख्न र प्रतिवेदन गर्नको लागि विकास गरिएको सफ्टवेयरमा आधारित प्रणालीलाई सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) भनिन्छ । यसको उद्देश्यलाई देहाय बमोजिम उल्लेख गरिएको छ :–

    •  जिन्सी व्यवस्थापन प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउनु
    •  सार्वजनिक सम्पत्ति सम्बन्धी Real Time Data प्राप्त गर्नु
    •  सार्वजनिक सम्पत्ति सम्बन्धी एकीकृत सूचना प्राप्त गर्नु
    •  सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई न्यूनिकरण गर्नु
    •  सार्वजनिक सम्पत्तिको लेखांकन र प्रतिवेदन कार्यलाई सहज बनाउनु
    •  सार्वजनिक सम्पत्ती व्यवस्थापन सम्बन्धी कार्यलाई चुस्त, दुरुस्त बनाउनु
    •  व्यवस्थापनलाई नीति निर्माण सहयोग गर्नु आवश्यक सामान नियमित रुपमा उपलब्ध गराउन सहयोग गर्नु
    •  आवश्यक सामानको पून: खरिदमा सहयोग गर्नु
    •  लिलाम र मिनाह सम्बन्धी कार्य वैज्ञानिक ढंगले गर्न सूचना प्रवाह गर्नु
    •  जिन्सी निरीक्षणका लागि आधारसिला खडा गर्नु

    निष्कर्ष:–  PAMS ले सार्वजनिक सम्पत्तिको अभिलेख राख्ने र सो प्रतिवेदन गर्ने कार्यलाई सहज बनाउदछ ।

     

  • ताजा समाचार