राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रधानमन्त्री तथा सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा


    • राष्ट्रसेवक
    •    
    • November 19, 2022

  • मंसिर ४ को निर्वाचनको लागि  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । डडेल्धुरामा एक सय एक मतदानस्थल छन् भने  जसमध्ये २३ वटा अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्यमा वर्गीकरण गरिएको स्रोतले जनाएको छ ।

    त्यसैगरी  प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको जानकारी दिएका छन् |

    एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सात देखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ  । डडेल्धुरामा प्रतिनिधिसभातर्फ  देउवासहित आठजना उम्मेदवार  रहेका छन् ।

     

  • ताजा समाचार