राष्ट्रसेवक
  • १२ साउन २०८१
  • उत्साह र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेकोछ- पूर्वप्रमुख आयुक्त


    • राष्ट्रसेवक
    •    
    • November 20, 2022

  • काठमाडौँ, ४ मङ्सिर । प्रतिनिधिभा र प्रदेशसभा सदस्यका लागि आज भइरहेको मतदान उत्साह, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भइरहेको छ । आमनिर्वाचन पर्यवेक्षण समितिका तर्फबाट निर्वाचन पर्यवेक्षणमा रहनुभएका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले व्यवस्थित र शान्तिपूर्ण ढङ्गबाट मतदान भइरहेको पाइएको बताउनुभयो ।

    सप्तरी जिल्लामा निर्वाचनको पर्यवेक्षणमा रहनुभएका अर्का पूर्वप्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले उत्साहित र व्यवस्थितरुपमा पङक्तिबद्ध भएर मतदाता मतदानको अधिकार प्रयोग गरिरहेको प्रतिक्रिया दिनुभयो ।

    पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बिहान सबेरैदेखि मतदाता लाइनमा बसेर मतदानमा भाग लिइरहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्त वातावरणमा मतदान सञ्चालन भइरहेको छ, मतदाता उत्साहित छन्, कतिपय मतदानस्थलमा मतदाता बिहान सबेरैदेखि मतदानका लागि लाइनमा बसेको देखिन्थ्यो ।”

    चिसो मौसमका कारण कतिपय मतदानस्थलमा बिहान ८ बजेदेखि मात्रै मतदाताको उपस्थिति बाग्लो भएको देखियो ।

  • ताजा समाचार