राष्ट्रसेवक
  • ०४ साउन २०८१
  • कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो


    • राष्ट्रसेवक
    •    
    • November 20, 2022

  • गण्डकी, ४ मङसिर । कास्कीमा जारी मतदानमा विहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

    चिसोका कारण विहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उहाँले बताउनुभयो । जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिनुभयो ।

    जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लाभर दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता छन् ।

  • ताजा समाचार