राष्ट्रसेवक
  • १२ साउन २०८१
  • तनहुँ २ मा कांग्रेसको अग्रता


    • राष्ट्रसेवक
    •    
    • November 21, 2022

  • दमौली, ५ मङ्सिर । तनहुँ–२ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । प्रारिम्भक मतगणनामा काङ्ग्रेसका शङ्कर भण्डारीले अग्रता लिनुभएको छ ।

    हालसम्म एक हजार ६३७ मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाउनुभएको छ ।

    नेकपा एमालेका किरण गुरुङले चार सय २६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको छ । जम्मा १० जना प्रतिनिधि सभाका उम्मेदवार छन् ।

  • ताजा समाचार