राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कञ्चनपुर–३ मा पूर्वमन्त्री लेखक अगाडि


    • राष्ट्रसेवक
    •    
    • November 21, 2022

  • महेन्द्रनगर, ५ मङ्सिर । कञ्चनपुरमा पूर्वमन्त्री एवं सत्ता गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधीसभातर्फ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले सुरुआती अग्रता कायम गर्नुभएको हो ।

    सत्ता गठबन्धनका उम्मेदवार लेखकले एक हजार ६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ सय ३० मत प्राप्त गर्नुभएको छ । प्रतिनिधीसभामा दर्जन उम्मेदवार भए पनि यहाँ सत्ता गठबन्धनका उम्मेदवार लेखक र एमाले नेत्री पालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

    निर्वाचन क्षेत्र नं ३ मा भीमदत्तनगरपालिका–१, २ र ३ नं वडाबाट एकसाथ गणना भइरहेको छ । ९७ हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ खसेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ को समेत गणना दोधारा चादँनी नगरपालिकाबाट सुरु भएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार डा दीपक प्रकाश भट्टले झिनो अन्तरले नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्नुभएको थियो ।

  • ताजा समाचार