राष्ट्रसेवक
  • १२ साउन २०८१
  • दार्चुलामा गठबन्धनको अग्रता


    • राष्ट्रसेवक
    •    
    • November 22, 2022

  • खलङ्गा, ६ मङ्सिर । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ । ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उहाँले तीन हजार चार सय ४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना तीन हजार एक सय ९५ मत ल्याउनुभएको छ ।

    प्रदेशसभा क्षेत्र नम्बर (१) मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका विक्रमसिंह धामीले तीन हजार नौ सय १४ मत ल्याएर अग्रता कायमै रहेको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरदेव जोशी दुई हजार छ सय ७६ मतले पछि पर्नुभएको छ ।

    अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका १, २, ३, ४, ५ र ६ वडा का मत गणना सम्पन्न हँुदा प्रदेशसभा (२) मा गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामीले मत चार हजार पाँच सय ४७ ल्याएर अग्रता लिनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवार रामदत्त जोशीले चार हजार तीन सय ५३ मत ल्याएर पछि पर्नुभएको छ ।

  • ताजा समाचार