राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी


    • राष्ट्रसेवक
    •    
    • November 23, 2022

  • नेपालगञ्ज, ७ मङ्सिर । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ । एमाले–राप्रपा गठबन्धनबाट विजयी हुनुभएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उहाँका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गर्नुभएको छ । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो हुनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख हुनुभएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो । क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए ।

    बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी(जसपा) नेपालका यादवले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले–राप्रपा) गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी हुनुभएको हो । उहाँ दुई हजार दुई सय मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत पाउँदा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाउनुभएको छ । बाँके २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो ।

    बाँके २(२) बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका निरक गुरुङले छ हजार सात सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले छ हजार दुई सय ४६ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

  • ताजा समाचार