राष्ट्रसेवक
  • १२ साउन २०८१
  • महामन्त्री प्रतिरक्षामा उत्रिँदा देउवाको असक्षमता छरपष्ट


    • राष्ट्रसेवक
    •    
    • July 17, 2022

  • काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीका केन्द्रीय पदाधिकारीमा युवा नेताहरू पुग्दै गर्दा कांग्रेसजनको अपेक्षा थियो– अब पार्टी विधिले चल्छ, कार्यशैलीमा रुपान्तरण आउँछ । तर, महाधिवेशनपछि छ महिना बित्दासम्म कांग्रेसजनको त्यो आशा निराशामा परिणत भइरहेको छ ।

    ७६ वर्षीय सभापति शेरबहादुर देउवाको टिममा उपसभापति र महामन्त्री बनेका दोस्रो पुस्ताका धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्माहरूप्रति पार्टीभित्र र बाहिरबाट प्रश्नहरू तेर्सिन थालेका छन् ।

    स्थानीय तह निर्वाचनको समीक्षा गर्न सोमबारदेखि जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पनि केन्द्रीय सदस्यहरूले स्थानीय चुनावको समीक्षाभन्दा धेरै पार्टीको छ महिने कार्यकाल र महामन्त्रीहरूको भूमिकामाथि नै प्रश्न उठाए, आलोचना गरे ।

    बैठकमा सभापति देउवा र सभापतिमा देउवासँग पराजित नेता शेखर कोइरालानिकट नेताहरूबीच गुटगतरुपमा विभाजित भएरै वैचारिक बहस भयो, आरोप–प्रत्यारोपको लहरै चल्यो । पदाधिकारीको चर्को बोलीले बैठकमा गर्मी थपियो । संस्थापन पक्षका नेताले महामन्त्रीहरूले सभापतिलाई असहयोग गरेको भन्दै आलोचना गरे, अनि कोइराला पक्षले सभापति देउवाले एकलौटी गरेको आरोप लगाए ।

    पाँचौँ दिन शनिबारको बैठकमा भने सभापति देउवालाई उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरूका अघिल्तिर टिकिरहन समस्या परेको छ । देउवा र पदाधिकारीहरूबीच व्यक्तिगत तहमै चर्काचर्की परेको छ भने एकअर्काको पोल खोलाखोल गरेका छन् ।

  • ताजा समाचार