राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पूर्वीनवलपरासीमा शशाङ्कको अग्रता कायमै


    • राष्ट्रसेवक
    •    
    • November 23, 2022

  • कावासोती, ७ मङ्सिर । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै राख्नुभएको छ । मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गर्नुभएको छ । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहनुभएको छ भने नेकपा (एमाले) का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ ।

    पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राख्नुभएको छ । कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गर्नुभएको छ ।

  • ताजा समाचार