राष्ट्रसेवक
  • ११ साउन २०८१
  • गुल्मी २ मा एमालेका विष्ट विजयी


    • राष्ट्रसेवक
    •    
    • November 23, 2022

  • गुल्मी, ७ मङ्सिर । गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी हुनु भएको छ । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी हुनुभएको हो । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गर्नु भएको छ । यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी हुनुभएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँको प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जित्नुभएको छ । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जित्नुभएको थियो । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय हुनुभएको थियो ।

  • ताजा समाचार