काठमाडौँ ,७ मंसिर । आज पनि नेप्से ०.४० प्रतिशतले घटेर १९२१.९९ बिन्दुमा पुगेर बन्द भएको छ।नेप्से परिसूचक बढेसँगै आज कारोबार रकममा भने कमी आएको छ।
अघिल्लो कारोबार दिन अर्थात् मंगलबार १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ पुगेको हो ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक ०.८० र ०.२९ प्रतिशतले बढेको छ |आजको दिन अन्य समूहको परिसूचक सर्वाधिक ०.७८ प्रतिशतले घटेको छ।