राष्ट्रसेवक
  • १२ साउन २०८१
  • चितवनमा महिलाकाे हत्या आराेपमा दुईजना पक्राउ


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 23, 2022

  • भरतपुर ,७ मंसिर । गाेरखा सिरानचाेक ठेगना भएका हाल भरतपुर महानगरपालिका-२ मा बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियारले बलात्कार गरी महिलाकाे हत्या गरेकाे आराेपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ  ।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार निर्वाचनकाे मतदानका दिन आइतबार बिहान ६ बजे तिर भरतपुर-२ दुर्गामन्दिर चाेककाे प्रतिक्षालय पछाडी हाट बजार लाग्ने कम्पाउण्डसहितकाे चाैरमा ५५/६० वर्षकाे महिलाकाे शव फेला परेकाे भएकाले अनुसन्धान गरि आरोपित दुई जनालाई प्रहरीले आफ्नो नियन्त्रण लिएको छ ।

  • ताजा समाचार