राष्ट्रसेवक
  • १० साउन २०८१
  • कास्की–२ (२) मा कांग्रेसका विन्दुकुमार विजयी


    • राष्ट्रसेवक
    •    
    • November 24, 2022

  • अन्नपूर्ण (कास्की), ८ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–२(२) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी हुनुभएको छ ।

    आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका थापाले नौ हजार दुई सय ८० मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार मीना गुरुङले सात हजार नौ सय ७१ मत ल्याउनुभयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार नौ सय तीन र नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले तीन सय ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका लक्ष्मण विश्वकर्माले दुई सय ६६, जनता समाजवादी पार्टीका धनबहादुर परियारले दुई सय एक, स्वतन्त्र उम्मेदवारहरु श्रमिक घर्ती क्षेत्रीले चार सय ६५, मोनिका तामाङले ५२ र लिलमाया पुन गुरुङले ३२ मत ल्याउनुभएको छ ।

  • ताजा समाचार