राष्ट्रसेवक
  • ०७ कात्तिक २०८१
  • सिन्धुली क्षेत्र नं १ (२) मा कांग्रेसका पहाडी निर्वाचित


    • राष्ट्रसेवक
    •    
    • November 24, 2022

  • सिन्धुली, ८ मङ्सिर । सिन्धुली निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार पहाडीले नेकपा (एमाले) का कुमारबहादुर कार्कीलाई दुई हजार दुई सय २२ मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

    पहाडीले १५ हजार छ सय २१, कार्कीले १३ हजार तीन सय ९९ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश मगरले चार सय ८०, मङ्गोल नेशनल अर्गनाइजेसनका छत्रबहादुर माझीले एक सय ९२, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)का झङ्कनाथ दाहालले एक सय १८, नेपाल मजदुर किसान पार्टीका राजाराम बासीले ६८ मत प्राप्त गर्नुभएको छ ।

  • ताजा समाचार