राष्ट्रसेवक
  • १२ साउन २०८१
  • जुम्लाबाट राप्रपाका शाही निर्वाचित


    • राष्ट्रसेवक
    •    
    • November 24, 2022

  • जुम्ला, ८ मङ्सिर । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र )का उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित हुुनुभएको हो । उहाँले २२ हजार आठ सय १९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

    त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेमकिपाका डिल्लीप्रसाद काफ्ले नौ सय ५५ मत प्राप्त गरेका छन् । जम्मा खसेको मत ४५ हजार दुई सय ८४ मध्ये दुई हजार चार सय ७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

    जुम्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार टेकराज पछाई निर्वाचित हुनुभएको हो । प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनुभएको हो ।

  • ताजा समाचार