राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पर्सा–३ बाट विजयी एमालेका गुप्ताको राजनीति यात्रा


    • राष्ट्रसेवक
    •    
    • November 24, 2022

  • काठमाडौँ, ८ मङ्सिर । नेकपा (एमाले) का नेता राजकुमार गुप्ता दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । विसं २०७० को दोस्रो संविधानसभाको सदस्य बन्नुभएका उहाँ यसपटक सङ्घीय संसद्, प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको छ ।

    पर्सा जिल्लाको तत्कालीन भौराटार ६ मा विसं २०२७ मा जन्मिनुभएका गुप्ताले २४ हजार दुई सय ६० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार एक सय नौ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक सय ५१ मतान्तर रहेको छ । बुवा हिरालाल प्रसाद र आमा शान्ति देवीको कोखबाट जन्मिनुभएका गुप्ताले २०४२ देखि अखिलबाट राजनीति सुरू गर्नुभएको हो । उहाँ २०५१ सालमा युवा सङ्घमा आबद्ध हुँदै, एमालेको जिल्ला सदस्य, २०६६ सालमा पर्सा क्षेत्र नं. ३ को अध्यक्ष बन्नुभएको थियो ।

    राजनीतिसँगै व्यापारलाई अघि बढाउनुभएका गुप्ता लोकतान्त्रिक मधेसी सङ्गठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । उहाँ २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपनि हुँदा २०७४ मा पराजित हुनुभएको थियो । ०७४ को निर्वाचनमा यो क्षेत्रमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए ।

  • ताजा समाचार