राष्ट्रसेवक
  • ०७ कात्तिक २०८१
  • धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा


    • राष्ट्रसेवक
    •    
    • November 25, 2022

  • धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उहाँ ३३ हजार तीन सय ८८ मतसहित विजयी हुनुभएको छ ।

    पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उहाँ तेस्रोपटक निर्वाचित हुनुभएको हो । ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको थियो ।

    तीन दशकदेखि राजनीतिमा क्रियाशील उहाँले संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भयो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा पराजित हुनुभएको थियो । २०७४ मा पुनः समानुपातिक सदस्य निर्वाचित हुनुभयो ।

    जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उहाँको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहनुभएकी उहाँले २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आउनुभएको छ । एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बन्नुभएको थियो

  • ताजा समाचार