काठमाडौँ,९ मंसिर।फिफा विश्वकप २०२२ कतारअन्तर्गत आजदेखि समूह चरणमा दोस्रो चरणको प्रतिस्पर्धा सुरू हुनेछ। आज समूह ‘ए’ मा कतार र सेनेगल (साँझ ६:४५ बजे) तथा नेदरल्यान्ड्स र इक्वेइडर (राति ९:४५ बजे) भिड्दैछन्।
पहिलो खेलमा जित हात पारेका इक्वेइडर र नेदरल्यान्ड्स लगातार दोस्रो जितसहित अन्तिम १६ मा पुग्ने योजनामा रहेका छन्।
त्यसैगरी समूह ‘बी’ मा वेल्स र इरान (दिउँस ३:४५ बजे) भिड्ने भएका छन्।