राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • November 25, 2022

  • बाँके,९ मंसिर। पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो भने सोहि दुर्घटनामा परी दुई घाइते भएका छन्।
    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।
    दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद शाह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन्।

  • ताजा समाचार