राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एसईईको आवेदन फाराम खुल्यो


    • राष्ट्रसेवक
    •    
    • November 25, 2022

  • काठमाडौं,९ मंसिर।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको छ।
    पुषको १० गतेभित्र फारम भरि सक्नुपर्ने भएको छ। साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि परीक्षा आवेदन खुला गरेको छ। शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुष १० गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने बोर्डले जानकारी दिएको छ।
    त्यसैगरी खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा पढिरहेका विद्यार्थीका लागि दूर शिक्षा÷खुला सिकाई कार्यक्रम सञ्चालन निर्देशिका (संशोधनसहित) २०६३ को दफा १५ र १७ अनुसार फारम भर्न बोर्डले सुचना प्रकाशन गरेको छ । ती विद्यार्थीले तोकेको सबै शर्तहरु पूरा गरेको सिफारिशसहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी हालसालै खिचिएको पासपोर्ट साइजको दुईप्रति फोटोसहित परीक्षा दस्तुर ५०० बुझाउनुपर्नेछ ।

  • ताजा समाचार