राष्ट्रसेवक
  • १२ साउन २०८१
  • फिफा विश्वकपमा आज शनिबार चार खेल हुने


    • राष्ट्रसेवक
    •    
    • November 26, 2022

  • काठमाडौँ ,१० मंसिर । आज शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् भने  पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुने भएको छ ।

    डेनमार्कसँग बराबरी खेलेको टुनिसिया तीन अङ्क जोड्दै अन्तिम १६ मा आफूलाई बलियो बनाउने योजनामा रहेको छ।

    आज हुने दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ भने पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुने भएको छ।

    त्यसैगरी आजको तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

     

  • ताजा समाचार