राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नुवाकोटमा छ पदमा गठबन्धनका उम्मेदवार विजयी


    • राष्ट्रसेवक
    •    
    • November 26, 2022

  • त्रिशूली, १० मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक–एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई–दुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन् ।

    निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । निर्वाचित माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मत अन्तरले विजयी हुनुभएको हो ।

    उक्त निर्वाचन क्षेत्रको प्रदेश–१ मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १६ हजार एक सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुशीलकुमार खड्काको ११ हजार तीन सय ५० मत आएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश–२ तर्फ कांग्रेसका उम्मेदवार रमेशकुमार महत १३ हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठको ११ हजार आठ सय ३१ मत प्राप्त भएको छ ।

  • ताजा समाचार