राष्ट्रसेवक
  • १२ साउन २०८१
  • खरिदार प्रश्नोत्तर नेपालको संविधान सम्बन्धी


    • राष्ट्रसेवक
    •    
    • November 27, 2022

  • कुशल न्यौपाने
    शाखा अधिकृत

    प्रश्न नं.१) नेपालको वर्तमान संविधानका विशेषता लेख्नुहोस् । १०
    प्रश्न नं. १ को उत्तर
    नेपाली जनताको राजनीतिक संघर्षको परिणाम: नेपालको संविधान
    नेपालको वर्तमान संविधानका विशेषता
    राज्यको सार्वभौम अधिकारको प्रयोग विधि निश्चित गर्ने जीवन्त दस्तावेजलाई संविधान भनिन्छ । संविधानसभाबाट निर्मित तथा राष्ट्रपतिबाट घोषित भई ३५ भाग, ३०८ धारा र ९ वटा अनुसूचीले संरचित नेपालको वर्तमान संविधानका विशेषताहरु देहाय बमोजिम रहेका छन् ।

    २०६३ सालको संविधान भन्दा पहिले देखि कै विशेषता

    •  बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली,
    •  संवैधानिक उपचारको हक सहित मौलिक हकको व्यवस्था ,
    •  संवैधानिक निकायहरुको व्यवस्था,
    •  राज्यका निर्देशक सिद्धान्त तथा नीति सम्बन्धी व्यवस्था,

    २०६३ सालको संविधानबाट थपिएका विशेषता

    • गणतन्त्रात्मक व्यवस्था,
    •  सार्वभौमसत्ता र राजकीयसत्त नेपाली जनतामा नीहित,
    •  संसदीय सुनुवाई र महाअभियोग सम्बन्धी व्यवस्था,
    •  आमाको नामबाट नागरिकता लिने सम्बन्धी व्यवस्था,
    •  धर्मनिरपेक्षता र समावेशीकरणको अबलम्बन,
    •  सबै मातृभाषालाई राष्ट्रभाषको मान्यता,

    वर्तमान संविधानमा थपिएका विकुलै नयाा वा पृथक विशेषता

    • समाजवादउन्मुख नेपाल राज्यको परिकल्पना र राष्ट्रिय हितका विषयहरु उल्लेख,
    •  आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधान,
    •  राज्यको संघीय संरचना र राज्यशक्तिको बााडफााड सम्बन्धी व्यवस्था,
    •  नेपाली भाषाका अतिरिक्त प्रदेशको भाषा समेतलाई सरकारी कामकाजको भाषाको मान्यता,
    •  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने प्रावधान,
    •  पच्चीस सदस्यीय समावेशी संघीय मन्त्रिमण्डल रहने भनी मन्त्रीपरिषद्को संख्या किटान,
    •  निर्वाचित प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने गरी अविश्वासको प्रस्तावको समयसीमा किटान,
    •  राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने व्यवस्था,
    •  प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान संविधानमा नै राखी मिति तोकिएको,
    •  प्रतिनिधिसभाका सभामुख वा उपसभामुखमध्ये १ जना र राष्ट्रियसभाका अध्यक्ष वा उपाध्यक्षमध्ये १ जना महिला हुनुपर्ने,
    •  संवैधानिक विवादका विषयहरु हेर्नको लागि संवैधानिक इजलासको व्यवस्था गरिएको,
    •  नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रत्येक प्रदेशमा राष्ट्रपतिबाट प्रदेश प्रमुख नियुक्ति,
    •  सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघ प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध,
    •  नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौसता असंशोधनीय हुने,
    •  नेपालको राजधानी काठमाडौा हुने व्यवस्था हुने भनी संविधानमा नै राजधानी तोकेको,

    अन्य विशेषता

    • सात प्रदेशको प्रादेशिक संरचना र ७७ जिल्लाहरु रहने व्यवस्था,
    •  संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकार सूचीको संविधानमै व्यवस्था ,
    •  संघमा दुई(प्रतिनिधीसभा र राष्ट्रिय सभा) र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका,
    •  निर्वाचनको लागि बहुमतिय र समानुपातीक प्रणालीको मिश्रण रहेको,
    •  एकीकृत न्यायपालिकाको व्यवस्था,
    •  प्रधानमन्त्रीको अध्यक्षतामा रहेको अन्तर प्रदेश परिषद्ले संघ र प्रदेश तथा प्रदेश र प्रदेश बिच भएका विवादहरु हेर्ने,
    •  महान्यायाधिवक्ता र मुख्य न्यायाधिवक्ता सम्बन्धी व्यवस्था,
    •  सर्वोच्च (संवैधानिक तथा कानूनी विषय) र उच्च अदालत (कानूनी विषय) लाई असाधारण क्षेत्राधिकार,
    •  राज्यका हरेक अंग र निकायमा समावेशीताको सुनिश्चित गर्नुका साथै महिलाको समान सहभागितामा जोड दिएको,
    •  जनमत संग्रह सम्बन्धी व्यवस्था ।

    निष्कर्ष :– वर्तमान संविधान नेपाल राज्यको मूल कानून हो । यसको कार्यान्वयनमा देखा परेका कठिनाई र चुनौतीको समाना गर्दै अघि बढे संविधानले परिकल्पना गरेको गन्तव्यमा पुग्न सकिन्छ ।

    प्रश्न न.२) नेपालको संविधानका पाँचवटा प्रमूख विशेषताहरु बारे वर्णन गर्नुहोस् । ५

    प्रश्न नं. २ को उत्तर
    नेपालको संविधानका पाँचवटा प्रमूख विशेषताहरु
    राज्यको सार्वभौम अधिकारको प्रयोग विधि निश्चित गर्ने जीवन्त दस्तावेजलाई संविधान भनिन्छ । ३५ भाग, ३०८ धारा र ९ वटा अनुसूचीले संरचित नेपालको संविधानका पाँचवटा प्रमुख विशेषताहरु देहाय बमोजिम रहेका छन् ।

    • सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा रहेको
    •  आमा वा बाबुको नामबाट वंशजको आधारमा नागरिकताको प्राप्ति
    •  संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको अबलम्बन र संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
    •  बहुलवादमा आधारित प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली
    •  मौलिक हक, राज्यका नीतिहरु र संवैधानिक निकायहरुको संख्यात्मक वृद्धि गरिएको

    निष्कर्ष :– नेपालको संविधानले राजनीतिक स्थिरता, समावेशीता तथा विकास र समृद्धिको लक्ष्य प्राप्तिका खातिर संसदीय शासन प्रणालीका भन्दा केही पृथक व्यवस्था पनि गरेको पाईन्छ ।

    प्रश्न नं.३) नेपालको संविधानका पृथक पाँच विशेषताहरु उल्लेख गर्नुहोस् । ५

    प्रश्न नं. ३ को उत्तर
    नेपालको संविधानका पृथक पाँच विशेषताहरु
    राज्यको सार्वभौम अधिकारको प्रयोग विधि निश्चित गर्ने जीवन्त दस्तावेजलाई संविधान भनिन्छ । संविधानसभाबाट निर्मित तथा राष्ट्रपतिबाट घोषित भई ३५ भाग, ३०८ धारा र ९ वटा अनुसूचीले संरचित नेपालको संविधानका पृथक पााच विशेषताहरु देहाय बमोजिम रहेका छन् ।

    • आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधान,
    •  राज्यको संघीय संरचना र राज्यशक्तिको बााडफााड सम्बन्धी व्यवस्था,
    •  पच्चीस सदस्यीय समावेशी संघीय मन्त्रिमण्डल रहने भनी मन्त्रीपरिषद्को संख्या किटान,
    •  निर्वाचित प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने गरी अविश्वासको प्रस्तावको समयसीमा किटान,
    •  राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने तथा प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक प्रावधान,

    निष्कर्ष :– नेपालको संविधानले राजनीतिक स्थिरता, समावेशीता तथा विकास र समृद्धिको लक्ष्य प्राप्तिका खातिर संसदीय शासन प्रणालीका भन्दा केही पृथक व्यवस्था गरेको पाईन्छ ।

  • ताजा समाचार