राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 27, 2022

  • काठमाडौँ ,११ मंसिर।  नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने घोषणा गरेको छ । आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले सोहि  घोषणा गरेका हुन् ।

    वार्षिकोत्सवकै अवसरमा ‘कासाले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना गरेको थियो । वार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरिएको कासाले जानकारी दिएको छ। रेड कार्पेट इभेन्ट नेपालमा पहिलो पटक आयोजना भएको सञ्चालक गुप्ताले बताएका छन्।

    कार्यक्रममा महत्वपूर्ण विशेष व्यक्तित्वहरुको  बीबीसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिकालगायतका कलाकार,  मेकअप आर्टिष्टका साथै चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएको थियो ।

  • ताजा समाचार