राष्ट्रसेवक
  • ०६ कात्तिक २०८१
  • बालकोटबाट विद्युतीय माइक्रोबस चढेर ओली पुगे पार्टी अफिस (तस्वीरहरुसहित)


    • राष्ट्रसेवक
    •    
    • July 19, 2022

  • काठमाडौं । सधैं सेतो जीपमा आउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माइक्रो बसबाट ओर्लिंदा च्यासलस्थित पार्टी कार्यालयमा रहेका नेता, कार्यकर्ता र कर्मचारीका लागि सरप्राइज भयो ।

    मंगलबार दिउँसो अध्यक्ष ओली आफ्नो गाडीमा होइन माइक्रोबसमा पार्टी कार्यालय पुगेका थिए । सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबस देखेपछि आफ्नो गाडी छाडे ।

    आफू पनि माइक्रोबसबाटै पार्टी कार्यालय जाने भनेर अध्यक्ष ओली बसेपछि युवा संघ अध्यक्ष किरण पौडेल, नेता क्षितिज थेबेलगायत सबैजना त्यसैमा बसे । ओलीका अंगरक्षक माइक्रो बसमै बसे भने स्कर्टिङ गाडी पछि पछि लाग्यो ।