राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भरतपुर महानगरमा ‘मेयर उद्यमशीलता’ तालिम


    • राष्ट्रसेवक
    •    
    • September 18, 2022

  • चितवन, २ असोज । भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ । यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवद्र्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ ।

    आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा प्रवद्र्धन नीति तथा कार्यक्रमबमोजिम सैलुन, प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभिङ र मागमा आधारित ‘मेयर उद्यमशीलता’ तालिम दिन लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम छ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिनुभएको छ । युवाले इच्छा गरेअनुरुप महानगरपालिकाले प्राविधिक तालिम प्रदान गरिने जनाइएको छ ।

    प्रमुख दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको बताउनुभयो । महानगरपालिकाले चालु आवमा युवालाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवद्र्धन गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

  • ताजा समाचार