राष्ट्रसेवक
  • ११ साउन २०८१
  • कानून सम्बन्धि प्रश्नोत्तर


    • राष्ट्रसेवक
    •    
    • November 28, 2022

  • केपी खतिवडा
    शाखा अधिकृत

    १) कानून भनेको के हो ? कानुनको महत्व र विशेषता उल्लेख गर्नुहोस् ।
    कानून सामाजिक अनुशासनको नियम हो। मानिसहरुले गर्न हुने र गर्न नहुने कामको सिमा निर्धारण गर्ने र त्यस्तो सिमा उल्लंघन गरेमा हुने सजायको ब्यवस्था कानूनमा उल्लिखित हुन्छ।
    कानूनमा आदेश र दण्ड मात्र नभई हक अधिकारको समेत व्यवस्था गरिएको हुन्छ, कानून सम्प्रभुले जारी गर्दछ जो संग कानून कार्यान्वयन गराउन सक्ने शक्ति रहेको हुन्छ। यो न्याय प्राप्तिको हतियार हो । कानून प्रकृतिक न्यायको सिद्दान्तमा आधारित हुन्छ यसले कसैप्रति पनि कुनैपनि किसिमको विभेदको गुञ्जायस राख्दैन । कानून सारवान र कार्यविधी गरि दुइ प्रकारका हुन्छन् ।

    कानूनको विशेषता
    • कानून सामाजिक अनुशासनको नियम हो
    • यो न्याय प्राप्तिको हतियार हो
    • कानून दण्डको आधार हो
    • यो सारवान र कार्यविधी गरि दुइ प्रकारको हुन्छ
    • यो सम्प्रभुले जारी गर्दछ
    • देशको प्रथा परम्परा र मुल्य मान्यताको प्रतिकुल हुँदैन
    • यो प्राकृतिक न्यायको सिद्दान्तमा आधारित हुन्छ।

    कानूनको महत्व
    • शासकलाई निरंकुश हुन नदिन
    • शासकिय संरचना हरुलाई निश्चित दायरा भित्र सिमित गर्न
    • कानूनको शासन कायम गर्न
    • राष्ट्रिय एकता र राष्ट्रिय अखण्डता अक्षुण राख्न
    • हिंसा ,अन्याय र अत्याचारको अन्त्य गर्न
    • प्राकृतिक न्यायको सिद्दान्तलाई ब्यवहारमा उतार्न
    • ब्यक्तिलाई अनुशासित मर्यादित र निष्ठावान बनाउन
    • नागरिकको अधिकार र दायित्वको किटान गर्न
    • समाज र राष्ट्र प्रति जिम्मेवार नागरिक निर्माण गर्न
    • सामाजिक न्याय र समानता प्राप्त गर्न
    • सामाजिक सौहार्दता र मेलमिलाम कायम गर्न
    • शान्ति सुब्यवस्था र अमनचयन कायम गर्न

    २ कानूनका स्रोतहरु के के हुन ?
    कानूनको प्रादुर्भाव हुने मुहान नै कानूनको स्रोत हो। कानून जन्मिने ठाँउ र कानूनलाई वैधानिकता दिने वा निर्माण गर्ने निकाय कानूनको स्रोत अन्तर्गत पर्दछन् । सामान्यतया कानूनका स्रोतहरुलाई प्राथमिक स्रोत र गौण स्रोत गरि दुइ प्रकारमा विभाजन गर्न सकिन्छ।

    प्राथमिक स्रोत (बाध्यात्मक स्रोत)

    • प्रथा,
    • विधायन,
    • नजीर,
    • व्यवसायिक वा प्राज्ञिक कथन,
    • अन्तर्राष्ट्रिय सन्धि सम्झौता ।

    गौण स्रोत (अनुनयात्मक स्रोत)

    • धर्मग्रन्थ र धार्मिक तथा नीतिसम्बन्धी ग्रन्थहरु
    • ऐतिहासिक दस्तावेज,
    • विद्वानहरुका लेख रचना हरु
    • विशेषज्ञका राय
    • विदेशी अदालतका निर्णयहरु

    ३) विधायन भन्नाले के बुझिन्छ ? विधायनलाई कानूनको प्रमुख स्रोत मानिनुको कारण उल्लेख गर्नुहोस
    देशको विधी निर्माण गर्ने मुल थलो विधायिकाले कानून निर्माण गर्न अपनाउने विधायिकी प्रकृयालाई विद्यायन भनिन्छ । कानूनका स्रोतहरुमध्ये बाध्यात्मक र आधिकारीक स्रोत हो विधायन। यो कानूनको मस्यौदा हो जो विधायीकि प्रकृयामा प्रवेश गरेको हुन्छ। विधायिका आफैँले विधायिकि प्रकृयाको प्रयोग गरि बनाउने कानून ऐन हो भने प्रत्यायोजन अधिकार अन्तर्गत बन्ने कानूनलाई नियम तथा विनियम भनिन्छ।

    विधायन सर्वोच्च र अधिनस्थ गरि २ प्रकारका हुन्छन् ।

    सर्वोच्च विधायनः

    विधायिका आफैँले विधायिकि प्रकृयाको प्रयोग गरि बनाउने विधायनलाई सर्वोच्च विधायन भनिन्छ । विधायिका बाट बन्ने ऐन यसको उदाहरण हो ।सर्वोच्च विधायनलाई अरु निकायले खारेज, परिवर्तन वा नियन्त्रण गर्न नसक्ने भएकोले यसलाई सर्वोच्च भनिएको हो । यसको परिवर्तन वा खारेज स्वयं विधायिकाले मात्र गर्न सक्छ।

    अधीनस्थ वा प्रत्यायोजित विधायन :

    सर्वोच्च विधायनबाट प्रत्यायोजित अधिकारको अधिनमा रही संसद वाहेक अन्य शक्तिबाट बन्ने विधायनलाई अधिनस्थ विधायन भनिन्छ ।मन्त्रिपरिषदबाट बन्ने नियम हरु,अन्य निकाय हरुबाट बन्ने बिनियम हरु यस्ता विधायन हुन ।

    विधायनलाई कानूनको प्रमुख स्रोत मान्नुका कारणहरु
     शक्तिपृथकीकरणको सिद्धान्त बमोजिम कानून निर्माण गर्ने अधिकार प्राप्त सर्वोच्च निकाय विधायीकाद्धारा कानून निर्माण हुने भएकोले
     सार्वभौम जनअधिकार प्राप्त संस्था संसदबाट जनआवाजको रुपमा कानूनहरु निर्माण हुने भएकोले
     विधायीकाद्धारा निर्मित कानून अदालतबाट संवैधानिक परीक्षण गर्न बाहेक अन्य निकायले बदर वा अमान्य घोषित गर्न नसक्ने भएकोले।
     समय सापेक्ष, लचिलो, तुलनात्मक रुपमा स्थिर र भबिष्यदर्शी कानून निर्माण हुने भएकोले।
     विधायीकाद्धारा निर्मित कानूनहरु जनसहभागीतामूलक, व्यापक छलफल र जनपृष्ठपोषणमा आधारित हुने भएकोले।

  • ताजा समाचार