राष्ट्रसेवक
  • १२ साउन २०८१
  • खरिदार प्रश्नोत्तर कार्यालय यसका कार्यहरु


    • राष्ट्रसेवक
    •    
    • November 30, 2022

  • कुशल न्यौपाने
    शाखा अधिकृत

    प्रश्न १) कार्यालय भनेको के हो ? यसका कार्यहरु लेख्नुहोस् । १०
    प्रश्न नं.१ को उत्तर

    उद्देश्य, विधि र प्रविधिको संगम : कार्यालय

    कार्यालय

    •  निर्दिष्ट कार्य सम्पादन गर्ने स्थान र सो स्थानबाट गरिने कार्य समेतको समग्रतालाई कार्यालय भनिन्छ ।
    •  यसले कुनै पनि संगठन वा संस्थाको संरचनागत र व्यवहारगत पक्षलाई समेटद्छ ।
    •  कार्य सम्पादन गरिने कुनै पनि ठाउा कार्यालय हुनका तोकिएको लक्ष्य, उद्देश्य, नीति, विधि, प्रक्रिया र पद्धति आवश्यक पर्दछ ।
    •  कार्यालयबाट नियमित र भैपरी आउने संगठन र व्यवस्थापन सम्बन्धी सबै कार्यहरु हुन्छन् । कार्य कार्यालयको केन्द्रविन्दु हो ।
    •  सूचना सम्बन्धी कार्य कार्यालयको प्राथमिक कार्य हो भने व्यवस्थापन सम्बन्धी कार्य कार्यालयको द्धितीय कार्य हो ।
    •  कार्यालयले कार्य र जिम्मेवारी पूरा गरी वस्तु र सेवाको वितरण गर्न एवं. जनसम्पर्क कायम गर्न आधार सिर्जना गर्दछ ।
    •  कार्यालयबाट उत्पादित वस्तु वा सेवा जनता समक्ष पुगी जनताको इच्छा, आकांक्षा र चाहाना पुरा हुन जान्छ भने संगठनको लक्ष्य, उदेश्य हासिल गर्न पनि सहज हुन्छ ।
    •  विश्वमा व्यवस्थित रुपमा कार्यालयको निर्माण तथा विस्तार १८ औं शताब्दिदेखि भएको पाईन्छ ।
    •  विज्ञान र प्रविधिको वर्तमान युगमा भौतिक मात्र नभई भर्चुअल समेत कार्य गर्ने कार्यालयको अवधारणा विकास र अभ्यास भएको छ ।

    कार्यालयका कार्यहरु
    तोकिएको लक्ष्य उदेश्य हासिल गर्नका लागि कार्यालयले विभिन्न प्रकृतिका कार्यहरु गर्नु पर्दछ । मूलभुत रुपमा कार्यालयका कार्यहरुलाई प्राथमिक कार्य र सहायक कार्य गरी देहायका दुई भागमा विभाजन गर्न सकिन्छ ।

    प्राथमिक कार्यहरु
    सूचना तथा जानकारी सम्बन्धी कार्यहरुलाई कार्यालयका प्राथमिक कार्य भनिन्छ । जो देहाय बमोजिम रहेका छन् ।

    • सूचनाको सिर्जना र विकास गर्नु
    •  सूचनाको प्राप्ती र संकलन गर्नु
    •  सूचनाको प्रशोधन गर्नु
    •  सूचनालाई व्यवस्थित गर्नु
    •  सूचनाको महत्तम उपयोग गर्नु
    •  सूचनाको संचार गर्नु
    •  सूचनाको अभिलेख राख्नु

    सहायक कार्यहरु
    प्रशासकीय तथा व्यवस्थापकीय, खरिद, सुरक्षा, जनसम्पर्क सम्बन्धी कार्यहरुलाई कार्यालयका सहायक कार्य भनिन्छ । जो देहाय बमोजिम रहेका छन् ।

    • नीति, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नु
    •  कर्मचारी व्यवस्थापन गर्नु
    •  आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्नु
    •  अभिलेख व्यवस्थापन गर्नु
    •  बजेट व्यवस्थापन गर्नु
    •  सुरक्षा व्यवस्थापन गर्नु
    •  आयोजना व्यवस्थापन गर्नु
    •  अनुगमन, मूल्यांकन, निर्देशन र नियन्त्रण गर्नु
    •  सहकार्य, समन्वय र उत्प्रेरणा प्रदान गर्नु
    •  नेतृत्व सम्बन्धी कार्य गर्नु
    •  जनसम्पर्क र सेवा प्रवाह व्यवस्थापन गर्नु
    •  कार्यालयको चल, अचल सम्पत्तिको सुरक्षा सम्बन्धी कार्य गर्नु

    निष्कर्ष :– निर्दिष्ट लक्ष्य उद्देश्य हासिल गर्नका लागि कार्यालयको स्थापना गरिन्छ । सूचनाको सिर्जना, प्राप्ति, विकास, उपयोग गरी अभिलेख राख्ने तथा समग्र व्यवस्थापन सम्बन्धी भूमिका निर्वाह गर्ने कार्य कार्यालयबाट हुन्छ ।

  • ताजा समाचार