राष्ट्रसेवक
  • ०९ कात्तिक २०८१
  • बाजुरामा मतगणना शुरू गर्ने तयारी


    • राष्ट्रसेवक
    •    
    • December 1, 2022

  • बाजुरा, १५ मंसिर । बाजुरामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना गर्ने तयारी भइरहेको छ। निर्वाचन आयोगले पुनः मतदान नगर्ने र पहिलेकै मतदानका आधारमा मत गन्ने निर्णय गरेपछि मत गणना गर्ने तयारी गरिएको हो। आज अपराह्न साढे ३ बजेदेखि मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    यसका लागि मुख्य निर्वाचत अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएर मतगणना गर्ने सहमति गरेको हो। यसअघि बुधबार बसेको सर्वदलीय बैठकमा भने सहमति जुट्न सकेको थिएन।

    मंसीर ४ मा त्रिवेणी नगरपालिकास्थित मतदान केन्द्रमा विवाद भएको थियो। जसले गर्दा मतगणना हुन सकेको थिएन।

  • ताजा समाचार