राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा रोकियो मतगणना


    • राष्ट्रसेवक
    •    
    • December 2, 2022

  • बाजुरा, १६ मंसिर । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो ।

    मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए । उनकाअनुसार अहिले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।

    पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको सात हजार ५१० मतको गणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् । पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिंदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मतसहित पाण्डेलाई पछ्याइरहेका छन् ।

  • ताजा समाचार