राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे


    • राष्ट्रसेवक
    •    
    • December 3, 2022

  • बाजुरा, १७ मङ्सिर । बाजुराको प्रतिनिधिसभाको मतगणना जारी छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाउनुभएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याउनुभएको छ ।

    एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

    यस्तै प्रदेशसभा (१) मा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले सात हजार पाँच सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले सात हजार दुई सय सात मत प्राप्त गर्नुभएको छ । यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ ।

    यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले नौ हजार २२ मत ल्याउनुभएको छ । भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले सात हजार चार सय ४७ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई एक हजार पाँच सय ७५ मतले पछ्याइ राख्नुभएको छ ।

    एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभाका निर्वाचित हुनुभएको थियो । वाम गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बनेर सङ्घीय संसद्का सदस्य बन्नुभएका थापा २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको हो ।

  • ताजा समाचार