राष्ट्रसेवक
  • १२ साउन २०८१
  • विश्वकप फुटबल : नेदरल्यान्ड्स क्वाटरफाइनलमा


    • राष्ट्रसेवक
    •    
    • December 3, 2022

  • काठमाडौँ, १७ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजदेखि शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा आज भएको नकआउट चरणको पहिलो खेलमा अमेरिकालाई ३-१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
    नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले समान एकरएक गोल गरे । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए ।

    खेलको १०औँ मिनेटमा नेदरल्यान्डसका लागि डेन्जेल डम्फ्रिजको पासमा मेम्फिस डिपेले गोल गरे र खेलमा अग्रता दिलाए । पहिलो हाफको अत्तिरिक्त समयमा नेदरल्यान्ड्सका डम्फ्रिजको पासमा डेली ब्लाइन्डले गोल गरेपछि नेदरल्याण्ड्सले खेलमा २-० को अग्रता लियो ।

    खेलको ७६औं मिनेटमा अमेरिकाका लागि हाजी राइट्सले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि खेलको ८१औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्याण्ड्सको जीत सुनिश्चित गरे ।

    जीतसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम १६ अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल आज राति १२ः४५ बजे हुनेछ ।

  • ताजा समाचार