राष्ट्रसेवक
  • १२ साउन २०८१
  • स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित


    • राष्ट्रसेवक
    •    
    • December 3, 2022

  • स्याङ्जा, १७ मङ्सिर । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी हुनुभएको छ ।

    भर्खरै सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी हुनुभएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले ३१ हजार चार सय ६६ मत प्राप्त गर्नुभएको छ । उहाँकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गर्नुभएको छ । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गर्नुभएको छ । स्याङ्जा–२ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी हुनुभएको छ । भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गर्नुभएको छ । उहाँले एक हजार सात सय ८६ मतान्तर विजयी हुनुभएको छ ।

  • ताजा समाचार