राष्ट्रसेवक
  • १२ साउन २०८१
  • खरिदार प्रश्नोत्तर परिपत्र सम्बन्धी व्यवस्था


    • राष्ट्रसेवक
    •    
    • December 5, 2022

  • कुशल न्यौपाने
    इजलास अधिकृत

    प्रश्न नं.१) परिपत्र भनेको के हो ? लेख्नुहोस् । ५
    प्रश्न नं.१ को उत्तर
    जिम्मेवारी र जानकारी समेटिएको सामूहिक पत्र: परिपत्र
    परिपत्र

    •  एकै पटक धेरै निकायलाई सूचना दिन पठाईने एकै व्यहोराको पत्रलाई परिपत्र भनिन्छ ।
    • परिपत्र कार्यसम्पादनको साधन र समन्वयको कडी हो ।
    •  माथिल्लो वा तालुक निकायले मातहतका कार्यालयलाई परिपत्र गर्दछन् ।
    •  कुनै विषयमा जानकारी वा निर्देशन दिन तथा मार्गदर्शन गर्नु परेमा परिपत्र गरिन्छ ।
    •  कानून, नीति, कार्यविधि तर्जुमा भएमा वा परिवर्तन भएमा वा केहि नयाँ निर्णय तय भएमा सूचना दिन परेमा परिपत्र गरिन्छ ।
    •  परिपत्रमा उल्लिखित व्यहोरा तथा निर्देशनको परिपालना गर्नु सम्बन्धीत निकायको कर्तव्य हो ।
    •  परिपत्रले कार्यसम्पादनलाई व्यवस्थित र नतिजापरक बनाउछ ।
    •  समस्याको समाधान, विशेष परिस्थितिको सहज सामना तथा उत्कृष्ट र अपेक्षित नतिजा हात पार्न परिपत्र आवश्यक मानिन्छ ।
    •  सबै परिपत्र चिठ्ठीपत्र हुन् तर सबै चिठ्ठीपत्र परिपत्र होईनन् ।
    •  परिपत्र सूचना प्रवाहको एक माध्यम तथा विधि हो ।

    निष्कर्ष:–मातहतका निकाय र सरोकारित पक्षलाई सूचना प्रवाह गर्ने सन्दर्भमा परिपत्रको महत्वपूर्ण भूमिका रहन्छ ।

    प्रश्न नं.२) परिपत्रको आवश्यकता उल्लेख गर्नुहोस् । ५
    प्रश्न नं. २ को उत्तर
    जिम्मेवारी र जानकारी समेटिएको सामूहिक पत्र: परिपत्र
    परिपत्रको आवश्यकता
    एकै पटक धेरै निकायलाई सूचना दिन पठाईने एकै व्यहोराको पत्रलाई परिपत्र भनिन्छ । माथिल्लो वा तालुक निकायले मातहतका कार्यालयलाई परिपत्र गर्दछन् । परिपत्रको आवश्यकता देहाय बमोजिम रहेको छ ।

    • मातहतका कार्यालयलाई निर्देशन वा जानकारी दिन
    •  कार्यसम्पादनलाई सरल, सहज र प्रभावकारी बनाउन
    •  छिटो छरितो रुपमा निर्देशन प्रवाह गर्न
    •  संगठनको गुणस्तरमा अभिवृद्धि गर्न
    •  समस्याको छिटो छरितो रुपमा समाधान गर्न
    •  सम्बन्धीत निकायलाई जिम्मेवार र जवाफदेही बनाउन
    •  जिम्मेवारीको हस्तान्तरण गर्न
    •  नीति र निर्णयको प्रभावकारी रुपमा कार्यान्वयन गर्न
    •  समन्वय, सहकार्य र साझेदारी गर्न
    •  कार्यमा एकरुपता ल्याउन
    •  समस्याको समाधान र चुनौतीको सामना गर्न
    •  कार्यालयको नीति र उद्देश्य अनुरुप काम कारबाही गर्न

    निष्कर्ष:– मातहतका निकाय र सरोकारित पक्षलाई सूचना प्रवाह गर्ने सन्दर्भमा परिपत्रको महत्वपूर्ण भूमिका रहन्छ ।

    प्रश्न नं.३) परिपत्रका प्रकार उल्लेख गर्नुहोस् ।
    प्रश्न नं.३ को उत्तर
    जिम्मेवारी र जानकारी समेटिएको सामूहिक पत्र: परिपत्र

    परिपत्रका प्रकार
    एकै पटक धेरै निकायलाई सूचना दिन पठाईने एकै व्यहोराको पत्रलाई परिपत्र भनिन्छ । माथिल्लो वा तालुक निकायले मातहतका कार्यालयलाई परिपत्र गर्दछन् । विभिन्न आधारमा परिपत्रका प्रकारलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ ।

     

  • ताजा समाचार