राष्ट्रसेवक
  • ११ फागुन २०८०
  • दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित


    • राष्ट्रसेवक
    •    
    • December 5, 2022

  • काठमाडौँ, १९ मङ्सिर । दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

    उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गर्नुएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका बीचमा तीन सय १७ मतान्तर रहेको छ ।

    दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।

  • ताजा समाचार