राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक ’ – पृथ्वीमान गुरुङ, गण्डकी प्रदेश प्रमुख


    • राष्ट्रसेवक
    •    
    • August 19, 2022

  • गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, धर्म र संस्कृति हाम्रो सभ्यता र सम्पन्नताका सूचक रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुन्छ भने ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइने सन्देशमा भनिएको छ । सन्देशमा द्वापरयुगमा कंशको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको उल्लेख गरिएको छ ।

    ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न यस पर्वले सहयोग पुर्‍याउने छ’, सन्देशमा भनिएको छ ।

  • ताजा समाचार