राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौँ महानगरले आकाशे पुल मर्मत गर्दै


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 6, 2022

  • काठमाडौँ ,२० मंसिर। काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गर्ने कार्य तिब्र गतिमा अघि बढेको छ। महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा रहेकाछन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्।

    नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएको महानगरले जानकारी दिएको छ।

    महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको भने छैन।

    हाल कामपाभित्र सुन्धारा, रत्नपार्क-बागबजार,वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, , भद्रकालीमा पुराना आकाशे पुल सञ्चालनमा छन् भने रत्नपार्कमा एउटा सव–वे सञ्चालनमा रहेको  छ।

  • ताजा समाचार