राष्ट्रसेवक
  • ०९ कात्तिक २०८१
  • हिजोको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा


    • राष्ट्रसेवक
    •    
    • December 7, 2022

  • काठमाडौँ ,२१ मंसिर।स्वीट्जरल्याण्डमाथि पराजित  गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा पोर्चुगलले अन्तिम १६ को खेलमा स्वीटजरल्याण्डमाथि ६-१ को फराकिलो जित निकालेको हो।

    पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरेका हुन् । क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर पहिलो रोजाईमा उत्रिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेका हुन् । कतार विश्वकपमा ह्याट्रिक पूरा गर्ने उनी पहिलो खेलाडी रहेका छन्  ।

    पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको संग सामना गर्नेछ।

  • ताजा समाचार