राष्ट्रसेवक
  • १२ साउन २०८१
  • करदातालाई कर बुझाउन आन्तरिक राजस्व कार्यालयको आग्रह


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 7, 2022

  • काठमाडौँ ,२१ मंसिर।स्थायी लेखा नम्बर लिएका  करदातालाई निर्धारित समयसीमाभित्रै कर बुझाउन आग्रह गरेको छ ।

    स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा सो अनुरोध गरिएको छ।

    सोहि अवसरमा सामाजिक  सङ्घसंस्था एवं गैरसरकारी संस्थाले किसानलाई पशुपालन, तरकारी खेती, साना घरेलु उद्योगजस्ता कार्यलाई अनुदान दिने बहानामा स्थायी लेखा नम्बर  बनाउन लगाई बेवस्ता गरेको सहभागीले गुनासो गरेका हुन् ।

    जिल्लाको पाँचवटै गाउँपालिकामा सडक सञ्जाल जोडिएको र  गाउँघरमा समेत व्यवसाय सञ्चालन भइसकेकाले  सबै व्यवसायीलाई करको दायरामा आउन कार्यालयले गरेको हो  ।
    कर अधिकृतद्वय देवीप्रसाद भण्डारी र शिवहरि न्यौपानेद्वारा आयकर, ऐन, मूल्य अभिवृद्वि कर ऐन तथा अन्तःशुल्क ऐेन तथा सो सम्बन्धी नियमावलीका विषयमा करदातालाई प्रशिक्षण दिनुभएको हो ।

  • ताजा समाचार