राष्ट्रसेवक
  • १२ साउन २०८१
  • जबरालाई सर्वोच्च प्रवेशमा अवरोध गर्ने सम्बन्धमा बारले छलफल


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 7, 2022

  • काठमाडौँ ,२१ मंसिर। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतमा काममा  फर्किने बताएपछि वातावारण माहोललेनै अर्कै रुप लिएको छ  ।

    संघीय संसद् सचिवालयले महाभियोग निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत आउन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने भएको हो। जबरालाई प्रवेशमा अवरोध गर्ने सम्बन्धमा बारले छलफल भईरहेको छ।

    नेपाल बार एसोसिएसनका महासचिव अञ्जिता खनालका अनुसार संसद् सचिवालयको पत्र असंवैधानिक रहेको कारणले उनलाई सर्बोच्च छिर्न नदिने सोहि अनुसारको तयारी रहेको हो।

    सर्वोच्च अदालतको गेटमै बसेर धर्ना दिने र प्रवेशमा अवरोध गर्ने तयारी रहेको खनालले जानकारी दिएकी हुन्।

  • ताजा समाचार