राष्ट्रसेवक
  • ०९ कात्तिक २०८१
  • नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य


    • राष्ट्रसेवक
    •    
    • December 7, 2022

  • काठमाडौँ, २१ मङ्सिर । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ ।

    नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन् ।

    त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए । लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडए ।

    नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सागर ढकालले १ विकेट हात पारे । अहिले नेपाल जवाफी ब्याटिङ उत्रिएको छ ।

  • ताजा समाचार